२०८३ साउन १० आइतबार

२० निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

ई आर्थिक    सोमबार, माघ ५ २०८२
1.9K
Shares
२० निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौँ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा परेका निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो। सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी ती कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

सूचनाअनुसार कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा रहेको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।

सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र अनुशासित बनाउन यस्तो कदम चालिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij