ई–आर्थिक, काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षक (डिआजी) हरूको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार गृह मन्त्रालयको आइतबारको निर्णयानुसार यो सरुवा गरिएको हो।
अरुण पौडेललाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट प्रधान कार्यालय कार्य विभागमा सरुवा गरिएको छ।
त्यस्तै, जयराज सापकोटा प्रधान कार्यालयबाट कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत पुगेका छन्। दिनेश कुमार आचार्यलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा पठाइएको छ।
दिपक रेग्मीलाई प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयबाट बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा गरिएको उल्लेख छ। दिपेन्द्र घर्ती क्षेत्री भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भएका छन्।
सूची हेर्नुस्


त्यसैगरी नेपाल प्रहरीले ठुलो संख्यामा प्रहरी नायब उपरीक्षक(डिएसपी)हरुको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ६७ जनाको सरुवा गरिएको हो।
आइतबार प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार यो सरुवा गरेको जनाएको छ।
यो सरुवा सूची अनुसार केन्द्रीय अनुसन्धान ब्युरो, अपराध अनुसन्धान महाशाखा र विभिन्न जिल्ला प्रहरी कार्यालयमा परिवर्तन भएको छ।
सूची हेर्नुस्





