२०८३ साउन १० आइतबार

नागरिक लगानी कोषद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख सहयोग

ई आर्थिक    शुक्रबार, माघ २ २०८२
3.6K
Shares
नागरिक लगानी कोषद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख सहयोग

काठमाडौं। नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम योगदान गरिएको कोषले जनाएको छ।

नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त रकम बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा अर्थ सचिव डा. घनश्याम उपाध्याय, सहसचिव उत्तरकुमार खत्री तथा नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीको समेत उपस्थिति रहेको थियो।

कोषका अनुसार, नागरिक लगानी कोषको उक्त योगदानसहित आजको मितिसम्म भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा भएको कुल रकम १४ करोड ०७ लाख रुपैयाँ पुगेको छ।

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्‍याएको योगदानप्रति अर्थमन्त्री खनालले नेपाल सरकारको तर्फबाट नागरिक लगानी कोषलाई धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij