२०८३ भाद्र २८ आइतबार

मन्जुश्री फाईनान्सद्वारा ‘भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

ई आर्थिक    शुक्रबार, माघ २ २०८२
3.3K
Shares
मन्जुश्री फाईनान्सद्वारा ‘भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले  भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूलाई सधैं नवीनतम बैंकिङ सेवा दिन अग्रसर रहेको यस ‘मन्जुश्री भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको हो ।

ग्राहकले मन्जुश्री स्मार्ट मोबाइल बैंकिङ एप मार्फत सजिलै कारोबार गर्न सक्ने छन् ।  यस मन्जुश्री भर्चुअल क्रेडिट कार्डबाट ग्राहकहरूले फोनपे को कुनै पनि मर्चेन्ट क्यूआर मा सजिलै भुक्तानी गर्न सक्नु फाइनान्स कम्पनी कम्पनीले जनायो  ।

आफ्नो मोबाइलमै रहने, आफूले चलाएको रकमको विवरण तुरुन्तै हेर्न मिल्ने तथा न्यूनतम १५ दिनदेखि अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट कार्ड लिमिट भित्रको सुविधा उपभोग गर्न मिल्ने व्यवस्था यस मन्जुश्री भर्चुअल क्रेडिट कार्डमा रहेको छ ।

आफ्नो क्रेडिट कार्ड लिमिटसम्मको रकम सहजै चलाउन मिल्ने तथा क्यूआर स्क्यान गरी सजिलै भुक्तानी गर्न मिल्ने जस्ता सुविधा रहेको मन्जुश्री भर्चुअल क्रेडिट कार्डले ग्राहकहरूलाई थप वित्तीय सेवा दिने विश्वास फाइनान्सले राखेको छ ।

हालसम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०.५ अर्ब कर्जा प्रवाह गरेको यस मन्जुश्री फाइनान्सले २७ वटा शाखा तथा एउटा विस्तारित काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।

१ लाख ८० हजारभन्दा बढी सन्तुष्ट ग्राहकवर्गलाई सेवा दिँदै आइरहेको यस फाइनान्सले मन्जुश्री भर्चुअल क्रेडिट कार्डलाई नवीन सुविधाको रूपमा सञ्चालनमा ल्याएको हो ।

भर्चुअल क्रेडिट कार्ड को सुविधा दिने मन्जुश्री फाइनान्स नेपालकै पहिलो फाइनान्स कम्पनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij