२०८३ असोज २ शुक्रबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

ई आर्थिक    बिहिबार, माघ १ २०८२
4K
Shares
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं।  नेपाली बजारमा सुन र चाँदीको मूल्य बिहीबार घटेको छ। बुधबार सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा पुगेको थियो, तर आज १ हजार ५ सय रुपैयाँ घटेर २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि समानान्तर रुपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ५ हजार ६ सय ५५ रुपैयाँ रहेको चाँदी आज १ सय ७० रुपैयाँले घटेर ५ हजार ४८५ रुपैयाँमा पुगेको छ।

बजार विश्लेषकहरूका अनुसार, मूल्यमा आएको उतार–चढाव अन्तर्राष्ट्रिय बजार र स्थानीय माग–आपूर्तिको सन्तुलनसँग सम्बन्धित रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij