२०८३ साउन ११ सोमबार

बलरा नगरपालिकाका नगर प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ई आर्थिक    बिहिबार, माघ १ २०८२
1.6K
Shares
बलरा नगरपालिकाका नगर प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ : सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकरप्रसाद कुशवाहासहित आठ जनाविरुद्ध ३ लाख ८२ हजार ५३ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भएको किशोरीका लागि खेलौना बनाउने तालिम कार्यक्रम सम्झौताअनुसार सञ्चालन नगरी झुट्टा तथा नक्कली बिल–भरपाई र कागजात तयार गरी भुक्तानी दिइ–लिई भ्रष्टाचार गरिएको आरोप लगाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उक्त प्रकरणमा नगर प्रमुख कुशवाहासहित बलरा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष मनोज मोहन कुमार सिंह, प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह, लेखापाल राज कुमार महतो र तत्कालीन योजना शाखा प्रमुख उदयकुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

त्यसैगरी, शान्ति विकास कल्याण केन्द्र नेपाल, गौर–८, रौतहटका अध्यक्ष सविन्द्र नारायण साह, सदस्य उमेश कुमार पासवान र सदस्य जाजुल मिया कवारी पनि मुद्दामा प्रतिवादी रहेका छन्।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (९)(१०) को देहाय (ङ) तथा उपदफा (९)(४) बमोजिम कसुर ठहर गर्दै बिगो रकम ३ लाख ८२ हजार ५३ रुपैयाँ कायम गरी सजायको मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij