२०८३ साउन १२ मंगलबार

प्रभु बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न

ई आर्थिक    बुधबार, पौस ३० २०८२
3.2K
Shares
प्रभु बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । प्रभु बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आज बुधबार बिहान ११ः०० बजे बोलाईएको प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विधिवत् सम्पन्न गरेको हो। बैंकको सञ्चालक समितिका अध्यक्ष  किशोरजङ्ग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्यालयमा बसेको सभाले विभिन्न महत्वपूर्ण निर्णयहरु पारित गरेको छ।

सभामा सञ्चालक समितिको प्रतिवेदन सहित गत आर्थिक वर्ष ०८१/०८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिएको छ। साथै, बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको एकीकृत वित्तीय विवरण पनि पारित गरिएको छ। छलफलका लागि प्रस्तुत सबै प्रस्तावहरु सर्वसम्मत् पारित भएका छन्।

प्रभु बैंकले देशभर ३१२ शाखा कार्यालय, ६८ एक्स्टेन्सन काउन्टर, २६९ एटीएम मार्फत ३७ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

बैंकले २४औं वार्षिक साधारण सभाको अवसरमा आफ्नो प्रगतिको शुभकामना तथा शुभेच्छा प्रकट गर्न आउने शेयरधनी, सञ्चारकर्मी र सम्बन्धित सबैमा हार्दिक धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij