काठमाडौं। कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज बुधबार काठमाडौंको थिरबम सडक टंगालस्थित आम्रपाली ब्याङ्क्वेटमा बैंकको साधारण सभा सम्पन्न भएको हो।
सभाबाट सामान्य प्रस्तावको रूपमा पेस गरिएको आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित भएको छ।
कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना सेवा प्रदान गर्दै आएको छ।
बैंकले आगामी दिनहरूमा पनि ग्राहक सेवामा थप सुधार गर्दै सरल, सुलभ र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न विभिन्न सहकार्य र नवप्रवर्तनलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।