२०८३ साउन १० आइतबार

काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्रीमा झर्‍यो, चिसो बढ्दै जाने अनुमान

ई आर्थिक    बुधबार, पौस ३० २०८२
2.4K
Shares
काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्रीमा झर्‍यो, चिसो बढ्दै जाने अनुमान

ई–आर्थिक, काठमाडौं । काठमाडौं उपत्यकामा आज तापक्रम निकै घटेको छ। आज बिहान ६ बजेर २७ मिनेटमा उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको मौसमविद् उज्वल उपाध्यायले जानकारी दिए।

ललितपुरस्थित सानेपामा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको हो। मौसमविद् उपाध्यायका अनुसार आगामी घण्टामा तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ, जसका कारण चिसोको महसुस थप बढेको छ।

आजको न्यूनतम तापक्रमको अन्तिम मापन बिहान ८ बजेर ४५ मिनेटमा गरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैबीच, आज तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij