२०८३ साउन ११ सोमबार

जेनजी आन्दोलनमा सरकारी सवारी साधनमा ७ अर्ब ४४ करोड बराबरको क्षति

ई आर्थिक    आइतबार, पौस २७ २०८२
2.5K
Shares
जेनजी आन्दोलनमा सरकारी सवारी साधनमा ७ अर्ब ४४ करोड बराबरको क्षति

काठमाडौं। गत भदौमा भएको जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका सरकारी सवारी साधनमध्ये केवल १० प्रतिशतको मात्रै बीमा भएको पाइएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आन्दोलनमा ८ हजार ४३० वटा सवारी साधन क्षतिग्रस्त भए, तर बीमा भएको सवारी साधन मात्र ८४८ वटा रहेको छ।

प्रतिवेदनअनुसार सवारी साधनको कुल क्षति ७ अर्ब ४४ करोड रुपैयाँ बराबर छ, तर बीमाले कभर गर्ने रकम ७६ करोड रुपैयाँ मात्रै रहेको छ।

क्षतिग्रस्त सवारी साधनमा हेभी सवारी साधन, मिनी बस/ट्रक, कार/जीप/भ्यान र मोटरसाइकल समावेश छन्। सबैभन्दा बढी क्षति मोटरसाइकल (५ हजार ९४३ वटा) र कार/जीप/भ्यान (१ हजार ६११ वटा) मा पुगेको छ।

विशेषज्ञहरूले कम बीमा भएको अवस्था सरकारी सम्पत्तिको जोखिम बढाउने बताउँदै पुनर्निर्माण र बीमा व्यवस्थामा सुधार आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij