काठमाडौं। सालपा विकास बैंकको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) शुक्रबार बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार सर्वसाधारणतर्फ १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरिएको थियो।
आईपीओमा २३ लाखभन्दा बढी आवेदकबाट आवेदन परेको थियो, जसमध्ये १ लाख ४३ हजार ९७० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
यसअघि बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरूका लागि निश्चित कित्ता छुट्याएर बाँकी शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।