२०८३ साउन ११ सोमबार

झुटो ठेक्का आह्वान र सूचना प्रकाशनको अभियोगमा छिपहरमाई गाउँपालिका अध्यक्षदेखि विज्ञापन कम्पनीसम्मलाई मुद्दा दायर

ई आर्थिक    बुधबार, पौस २३ २०८२
1.3K
Shares
झुटो ठेक्का आह्वान र सूचना प्रकाशनको अभियोगमा छिपहरमाई गाउँपालिका अध्यक्षदेखि विज्ञापन कम्पनीसम्मलाई मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छिपहरमाई गाउँपालिकामा ठेक्का आह्वान र सूचना प्रकाशनमा धाँधली गरेको आरोपमा गाउँपालिका अध्यक्ष मनोज कुमार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह, लेखापाल संजय पटेल र विज्ञापन कम्पनी के.एस. मल्टिपर्पोज प्रा.लि. वीरगंजका संचालक कमल उपाध्याय माथि आरोपपत्र दायर गरेको छ।

आरोपपत्र अनुसार, आ.व. २०७९/०८० का लागि गाउँपालिकाले खानेपानी, स्टेडियम निर्माण र भवन निर्माणसम्बन्धी बोलपत्रको सूचना प्रकाशित गर्दा सौर्य दैनिक पत्रिकामा सूचना नदेखिने तर झुट्टा सूचना प्रकाशित भएको देखाइएको छ। यसरी बदनियतपूर्ण मिलोमतोमा कम्पनीलाई ४ लाख २९ हजार रुपैयाँ भुक्तानी गरी गैरकानुनी लाभ प्राप्त गराइएको आरोप छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको छ कि उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ र २२ अनुसार कसूरजन्य रहेको छ।

आरोपपत्र दायर भएसँगै आरोपितहरू विरुद्ध कैद र जरिवानासहित बिगो रकम असुल गरिने माग गरिएको छ।

प्रहरी र आयोगको अनुसन्धानले स्पष्ट पारेको छ कि सूचना विवरण लुकाएर योजना बदनियतपूर्वक सञ्चालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij