काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित काठको गोदाममा भीषण आगलागी भएको छ।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले प्रयास गरिरहेको छ।
आगलागीपछि धुवाँको मुस्लो ठूलो क्षेत्रभर फैलिएको थियो ।
ईश्वर कार्कीले सञ्चालन गरेको काठ गोदाममा भीषण आगलागी भएको हो । काठ गोदामबाट सल्किएको आगोले नजिकै रहेको लोयला स्कुलमा समेत क्षति पुगेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका साथै विमानस्थल, सुरक्षा निकायको दमकल र पानी ट्याङ्करले आगलागी नियन्त्रणमा लिएको थियो ।