काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष दिएको बयान मुख्य बुँदाहरु सार्वजनिक गरिएको छ । एमालेका नेता तथा सचिव महेश बस्नेतले सामाजिक सञ्जाल मार्फत ओलीले आयोगलाई दिएको जवाफका मुख्य बुँदाहरू सार्वजनिक गरेका हुन् ।
बस्नेतले सार्वजनिक गरेको विवरणअनुसार ओलीले आन्दोलनका क्रममा सरकारको भूमिका, सुरक्षा संयन्त्रको निर्णय प्रक्रिया तथा घटनाक्रमबारे स्पष्ट पारेका छन् ।
ओलीको बयानका मुख्य बुँदाहरूः
▪️ २२ भदौको बेलुकी राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको।
▪️ आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको विषय आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेको।
▪️ आन्दोलनमा सहभागी अधिकांश व्यक्ति जेन–जी पुस्ताका नभएको कुरा तत्कालीन फोटो तथा भिडियो प्रमाणबाट प्रस्ट देखिने।
▪️ २३ भदौमा तोडफोड र अचानक गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय गरिएको।
▪️ २४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न आवश्यक ठानिए पनि त्यो सम्भव हुन नसकेको।
▪️ गौरीबहादुर कार्कीले घटनाकै दिन तथा त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउने विषयमा आशंका व्यक्त गरिएको।
एमाले सचिव बस्नेतले ओलीको बयानले घटनाबारे सरकारको नियत र निर्णय प्रक्रिया स्पष्ट पार्ने दाबी गरेका छन् ।