२०८३ साउन ११ सोमबार

हरिपूर्वा कर्मचारीको नक्कली स्थायी नियुक्ति प्रकरणमा मुद्दा दायर

ई आर्थिक    सोमबार, पौस २१ २०८२
2.7K
Shares
हरिपूर्वा कर्मचारीको नक्कली स्थायी नियुक्ति प्रकरणमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, हरिपूर्वा नगरपालिकाका कार्यालय सहायक अरुण कुमार यादव र तत्कालीन हरिपूर्वा गा.बि.स. सचिव राम प्रकाश सिंह दनुवारविरुद्ध भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेको छ।

अख्तियारका अनुसार, अरुण कुमार यादवले १८ वर्ष नपुगेकै अवस्थामा बिना दरबन्दी नियुक्ति भई करार सेवामा कार्य गरेपछि, सोही आधारमा स्थायी नियुक्ति प्राप्त गरेको देखिएको छ। यस क्रममा तत्कालीन सचिव राम प्रकाश सिंह दनुवारले गलत लिखत तयार गरी सरकारी कागजातमा हेरफेर गरेको आरोप लागेका छन्।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, ११ र २२ अनुसार सोही प्रकरणमा आरोपपत्र दायर गरी न्यायिक कारबाही अघि बढाएको जनाएको छ।

प्रहरी र सम्बन्धित निकायले पनि उक्त नियुक्ति सम्बन्धी अभिलेख र प्रमाणसहित अनुसन्धान गरेपछि दोष पुष्टि भए न्यायिक प्रक्रिया अगाडि बढाइनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij