२०८३ साउन १० आइतबार

म्याग्दीको भिरकाटे–दोवा सडक १७ वर्षपछि स्तरोन्नति सुरु

ई आर्थिक    सोमबार, पौस २१ २०८२
2.8K
Shares
म्याग्दीको भिरकाटे–दोवा सडक १७ वर्षपछि स्तरोन्नति सुरु

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने ८.२ किलोमिटर सडक १७ वर्षपछि स्तरोन्नति हुन थालेको छ।

विसं २०६६ मा स्थानीयको चन्दा सहयोगबाट खुलेको साँघुरो र जोखिमपूर्ण सडकलाई गाउँपालिकाले चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरी सुधार थालेको हो।

६५ लाखमा ठेक्का पाएको निर्माण कम्पनीले बगरदेखि सुनारीटोल खण्डमा काम सुरु गरेको छ।

सडकलाई ६ मिटर फराकिलो बनाउने, नाली–पर्खाल निर्माण गर्ने र केही भागमा ढलान तथा ग्राभेल गर्ने योजना छ।

पुसभित्र काम सक्ने लक्ष्य राखिएको आयोजनाबाट दोवाका करिब ३०० घरपरिवार लाभान्वित हुने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij