२०८३ साउन ११ सोमबार

सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु

ई आर्थिक    आइतबार, पौस २० २०८२
2.1K
Shares
सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु

फुङलिङ । ताप्लेजुङमा रहेको सानिमा मिडल तमोर हाइड्रोपावरले पुनः विद्युत् उत्पादन सुरु गरेको छ। करिब तीन सातादेखि ठप्प रहेको ७३ मेगावाट क्षमताको विद्युत् उत्पादन शनिबार रातिदेखि पुनः सञ्चालनमा आएको हो।

ताप्लेजुङमा उत्पादन भएका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो क्षमताको यो आयोजना गत मङ्सिरको अन्तिम सातादेखि प्राविधिक समस्याका कारण बन्द भएको थियो। पावर हाउस (विद्युत् गृह) लगायतका क्षेत्रमा उपकरणमा समस्या देखिएपछि उत्पादन अवरुद्ध भएको थियो।

जलविद्युत् कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमका अनुसार उपकरणमा देखिएको समस्या समाधान गरेपछि विद्युत् उत्पादन पुनः सुरु गरिएको हो। उहाँका अनुसार, प्राविधिक समस्या देखिएकै समयमा हरेक वर्ष गरिने नियमित मर्मत कार्यलाई पनि सँगसँगै सम्पन्न गरी आयोजना सञ्चालनमा ल्याइएको हो।

सानिमा मिडल तमोर हाइड्रोपावरले करिब दुई वर्ष अघिदेखि विद्युत् उत्पादन गर्दै आएको छ। उत्पादित विद्युत् वसन्तपुर सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ। मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनमा १३२ केभिए क्षमताको मात्र उपकरण उपलब्ध भएकाले वसन्तपुर सबस्टेसनमार्फत प्रसारण गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij