२०८३ साउन १० आइतबार

भेनेजुएलाको उपराष्ट्रपति रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको जिम्मेवारी

ई आर्थिक    आइतबार, पौस २० २०८२
2.3K
Shares
भेनेजुएलाको उपराष्ट्रपति रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको जिम्मेवारी

भेनेजुएला । भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मादुरो अनुपस्थित रहँदा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्न अनुमति दिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सर्वोच्च अदालतले रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको जिम्मेवारी दिनु आवश्यक भएको उल्लेख गर्दै यसले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्ने ठहर गरेको छ ।

यसअघि भेनेजुएलाको उच्च अदालतले डेल्सी रोड्रिगेजलाई जिम्मेवारी सुम्पने निर्णय प्रशासनिक आवश्यकतालाई ध्यानमा राखेर गरेको समाचारमा जनाइएको छ ।

अहिलेसम्म नेतृ रोड्रिगेजले कार्यभार ग्रहण गर्ने विषयमा थप विवरण सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij