फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङको पाथिभरा क्षेत्रमा हिमपात भएको छ ।
धार्मिक स्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको हो । सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो ।
हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अस्थित पाथीभरा क्षेत्रमा विगतमा मङ्सिरदेखि नै हिमपात हुने गर्दथ्यो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो ।
पाथीभरा हिमपात भए पनि तीर्थयात्रीहरूलाई सहजताका लागि पदमार्गमा फाइबरको ट्रस लगाएको छ ।
यसले वर्षा र हिमपातसमेत पाथीभरा धामसम्म पुग्नका लागि तीर्थयात्रीलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । रासस