काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिका लागि बीमा कम्पनीहरूले हालसम्म करिब ५ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गरेका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार ३ हजार ३ सयभन्दा बढी बीमा दाबीबाट करिब २३ अर्ब ४७ करोड रुपैयाँ बराबरको दाबी परेको छ।
भुक्तानीमध्ये सबैभन्दा धेरै रकम सम्पत्ति बीमा र मोटर बीमा तर्फ गरिएको छ। साथै, इञ्जिनीयरिङ, परिवहन र अन्य बीमा शीर्षकमा पनि आंशिक भुक्तानी भएको प्राधिकरणले जनाएको छ।
यसैबीच, पुनर्बीमातर्फ नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई ३ अर्ब २ करोड रुपैयाँ अग्रिमसहित भुक्तानी गरिसकेको छ। पुनर्बीमामा करिब १६ अर्ब ६२ करोड रुपैयाँ बराबरको दाबी परेको बताइएको छ।