२०८३ साउन १० आइतबार

आनशनरत डा. भुसाल र विष्टको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण

ई आर्थिक    बिहिबार, पौस १७ २०८२
2.5K
Shares
आनशनरत डा. भुसाल र विष्टको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं ।  राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँको माइतिघरमा आमरण अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टको स्वास्थ्य खतरामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।

आयोगका अनुसार, विगत १० दिनदेखि भ्रष्टाचार छानबिन र कारबाही सम्बन्धी माग राख्दै अनशनमा रहेका उनीहरूको स्वास्थ्य कमजोर हुँदै गएको छ। पछिल्लो अनुगमनमा भुसालको रक्तचाप अत्यन्तै कम र रगतमा चिनीको मात्रा घटेको देखिएको  हो।

आयोगले जीवन रक्षा र प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्नुपर्ने बताएका छन्। साथै, वार्ताको माध्यमबाट उनीहरूको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।

सहायक प्रवक्ता श्यामबाबु काफ्लेका अनुसार आयोग अनुगमन जारी राख्दै स्वास्थ्य र मानव अधिकार सुनिश्चित गर्न सक्रिय रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij