२०८३ साउन ११ सोमबार

नक्कली सुन दिएर ५ लाख रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ

ई आर्थिक    सोमबार, पौस १४ २०८२
1.6K
Shares
नक्कली सुन दिएर ५ लाख रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली सुन दिएर ५ लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, मकवानपुरकै ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुर बकैया गाउँपालिकाका ५३ वर्षीय वीरबहादुर तामाङ भन्ने विवासित स्याङ्तान र नवलपरासीको देवचुलीका ४२ वर्षीय जितबहादुर तामाङ छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध ठगी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij