२०८३ साउन ११ सोमबार

नेपाल बीमा प्राधिकरणद्वारा १९ बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत

ई आर्थिक    आइतबार, पौस १३ २०८२
2.5K
Shares
नेपाल बीमा प्राधिकरणद्वारा १९ बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत

 काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ का लागि १९ बीमा कम्पनीको लेखापरीक्षण सम्पन्न वित्तीय विवरण स्वीकृत गरेको छ। स्वीकृत कम्पनीमध्ये १० जीवन बीमा, ६ निर्जीवन बीमा र ३ लघु बीमा कम्पनी रहेका छन्।

बीमा ऐन, २०७९ अनुसार, प्रत्येक बीमकले आफ्नो वार्षिक लेखापरीक्षण तथा नाफा–नोक्सान विवरण अर्को आर्थिक वर्षको ६ महिनाभित्र प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ। प्राप्त विवरणको अध्ययनपछि प्राधिकरणले यी कम्पनीका वित्तीय विवरणहरू स्वीकृत गरेको जनाएको छ।

जीवन बीमा कम्पनीमध्ये सिटिजन लाइफ, नेपाल लाइफ, आईएमई लाइफ, सानिमा रिलायन्स लाइफ, नेशनल लाइफ, प्रभु महालक्ष्मी लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सूर्यज्योति लाइफ र एलआईसी (नेपाल) लिमिटेडका वित्तीय विवरण स्वीकृत भएका छन्।

निर्जीवन बीमा कम्पनीमध्ये आईजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, शिखर, सगरमाथा लुम्बिनी, नेपाल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीका विवरण स्वीकृत भएको छ।

लघु बीमा कम्पनीमध्ये गार्डियन माइक्रो लाइफ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफको वित्तीय विवरण प्राधिकरणले मान्यता दिएको छ।

हाल नेपालमा प्राधिकरणबाट इजाजतपत्र प्राप्त गरी सञ्चालनमा रहेका बीमा कम्पनीको संख्या ३७ पुगेको छ।

यसमा १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघु बीमा र २ पुनर्बीमा कम्पनी सञ्चालनमा छन्। वित्तीय विवरण स्वीकृत भएसँगै ती कम्पनीहरूको लाभांश वितरण र अन्य नियामक प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij