२०८३ साउन १० आइतबार

निर्जीवन बीमाबाट १९ अर्ब ४८ करोड बढी बीमा शुल्क संकलन

ई आर्थिक    शुक्रबार, पौस ११ २०८२
3K
Shares
निर्जीवन बीमाबाट १९ अर्ब ४८ करोड बढी बीमा शुल्क संकलन

काठमाडौं । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै २ अर्ब २१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दै शीर्ष स्थान ओगटेको छ।

दोस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले २ अर्ब १५ करोड रुपैयाँ र तेस्रो स्थानको हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्।

यस अवधिमा सिद्धार्थ प्रिमियर, आईजीआई प्रुडेन्सियल, एनएलजी, नेको, युनाइटेड अजोड, सानिमा जीआईसी र ओरिएन्टल इन्स्योरेन्सले पनि १ अर्बभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन्।

त्यस्तै लघु निर्जीवन बीमा कम्पनीहरूले मंसिर मसान्तसम्म ४९ करोड ६० लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij