२०८३ साउन ११ सोमबार

विदेश अध्ययन पठाउने नाममा २६ लाखभन्दा बढी ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

ई आर्थिक    बुधबार, पौस ९ २०८२
2.5K
Shares
विदेश अध्ययन पठाउने नाममा २६ लाखभन्दा बढी ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं । ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौं लैनचौरस्थित युरो एसिया यजुकेशन कन्सल्ट प्रालिका संचालक काठमाडौं महानगरपलिका-१० पुरानो बानेश्वर बस्ने उदयपुर त्रियुगा नगरपालिका-६ जलजले घर भएका ३५ वर्षीय सूर्य बहादुर डाँगीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सूर्य बहादुरले अध्ययनको लागि युएसए, क्यानडा, अष्ट्रेलिया, युके लगायतका देशहरूमा पठाउन कलेज फि, इन्सुरेन्स पोलिसि समेतको लागि International Dollar Card मार्फत भुक्तानी गर्दा छिटो र सहज हुन्छ भनि आफ्नो कम्पनीको नाममा रहको बैंक खातामा रकम जम्मा गर्न लगाई झुट्ठा आश्वासन देखाई विश्वासमा पारी पीडितहरूबाट २६ लाख ८ हजार ५ सय ६५ रूपैयाँ ठगी गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं लैनचौरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij