२०८३ साउन १० आइतबार

पोखरेबगर-घोडेपानी सडकको स्तरोन्नति सुरु

ई आर्थिक    मंगलबार, पौस ८ २०८२
2.7K
Shares
पोखरेबगर-घोडेपानी सडकको स्तरोन्नति सुरु

म्याग्दी।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति थालिएको छ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरी पोखरेबगर-घार-चित्रे सडक स्तरोन्नति थालेको हो। यो पोखरादेखि मुस्ताङ जोड्ने वैकल्पिक सडक पनि हो।

अन्नपूर्ण गाउँपालिका-६ का वडा अध्यक्ष रामबहादुर खड्काले घारको बिरौटा चोकदेखि भुन्या खण्डमा ढलान गर्न थालिएको जानकारी दिए। उनले भने, ‘सडक ढलान भएपछि घोडेपानी-पुनहिल घुम्न आउने पर्यटकलाई पनि सहज हुनेछ।’

२१ किलोमिटर दूरीको यो सडकअन्तर्गत चित्रे-घोडेपानी खण्डको तीन किलोमिटर फराकिलो पार्ने, नाली र टेवा पर्खाल बनाएर स्तरोन्नति गर्ने जनाइएको छ। पोखरेबगर-बिरौटा खण्डको कुरमुनी र लुलिया घुम्तीको पहिरो प्रभावित क्षेत्रमा पहिरो रोकथाम र सडक स्तरोन्नति गर्न संघीय सरकारले चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ विनियोजन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij