२०८३ साउन १० आइतबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

ई आर्थिक    सोमबार, पौस ७ २०८२
3.6K
Shares
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ गरेको छ ।

 

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-४ बस्ने धादिङ निलकण्ठ नगरपालिका-१३ घर भएका २४ वर्षीय सुजन आले मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

सुजनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij