२०८३ साउन १० आइतबार

श्रीलंकालाई आईएमएफको २ करोड ६ लाख अमेरिकी डलर वित्तीय सहायता

ई आर्थिक    शनिबार, पौस ५ २०८२
2.1K
Shares
श्रीलंकालाई आईएमएफको २ करोड ६ लाख अमेरिकी डलर वित्तीय सहायता

काठमाडौं।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलंकाका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्वीकृत गरेको छ।

आईएमएफका अनुसार यो सहयोग ‘र्‍यापिड फाइनान्सिङ इन्स्ट्रुमेन्ट’ अन्तर्गत प्रदान गरिएको हो र यो श्रीलंकाको कोटा रकमको करिब २६ प्रतिशतबराबर छ।

आईएमएफका उपप्रबन्धक तथा कार्यवाहक अध्यक्ष केन्जी ओकामुराले भने, ‘यसले श्रीलंकामा तत्कालै मानवीय र पुनर्निर्माणका आवश्यकताहरू व्यवस्थापन गर्न मद्दत गर्नेछ जसले राजकोषीय दबाब र भुक्तानी सन्तुलनसम्बन्धी चुनौतीहरू कम गर्ने अपेक्षा गरिएको छ।’

ओकामुराले आपतकालको समयमा छिटो प्रतिक्रिया देखाएको श्रीलंकाली सरकारको प्रशंसा गर्दै भने, ‘आईएमएफ यस कठिन परिस्थितिमा श्रीलंकाली जनतासँग खडा छ र भविष्यमा पनि देशको पुनर्निर्माण र आर्थिक सुधार प्रयासमा समर्थन जारी राख्नेछ।’ रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij