२०८३ भाद्र २९ सोमबार

सानिमा रिलायन्सको ९औँ वार्षिक साधारण सभा पौष २४ मा, १०.१७८ प्रतिशत नगद लाभांश पारित गर्ने

ई आर्थिक    बिहिबार, पौस ३ २०८२
1.7K
Shares
सानिमा रिलायन्सको ९औँ वार्षिक साधारण सभा पौष २४ मा, १०.१७८ प्रतिशत नगद लाभांश पारित गर्ने

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ९औँ वार्षिक साधारण सभा (AGM) आगामी पौष २४, २०८२ मा आह्वान गरेको छ। सभा बिहान ११ बजे काठमाडौँको बाँसबारीस्थित शुभा इभेन्ट्समा आयोजना हुनेछ।

सभाको प्रमुख एजेन्डा आर्थिक वर्ष २०८१/८२ का लागि १०.१७८ प्रतिशत नगद लाभांश पारित गर्नु रहेको छ। कम्पनीको ५४औँ सञ्चालक समितिको बैठकले मंसिर २९ गते उक्त लाभांश प्रस्ताव गरेको थियो। हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ।

सभामा लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण पारित गर्ने, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि समावेश छ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभामा सहभागी हुन पौष ११ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसअघिसम्म कायम रहेका शेयरधनीहरूलाई लाभांश प्राप्त गर्ने र सभामा सहभागिता जनाउने अवसर दिइनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij