२०८३ भाद्र २९ सोमबार

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १०.१७ प्रतिशत नगद लाभांश घोषणा

ई आर्थिक    मंगलबार, पौस १ २०८२
3.5K
Shares
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको  १०.१७ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई नगद लाभांश दिने प्रस्ताव गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको जनाएको छ।

मंसिर २९ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट आवश्यक स्वीकृति प्राप्त भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीले उक्त नगद लाभांश प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij