२०८३ साउन १२ मंगलबार

सिद्धार्थ बैंकका ग्राहकले ‘द सोल्टी होटेल्स् एन्ड रिसोर्टमा २० प्रतिशत सम्मको छुट पाउने

ई आर्थिक    सोमबार, मंसिर २९ २०८२
1.8K
Shares
सिद्धार्थ  बैंकका ग्राहकले ‘द सोल्टी होटेल्स् एन्ड रिसोर्टमा २० प्रतिशत सम्मको छुट पाउने

 काठमाडौं ।  सिद्धार्थ बैंकका ग्राहकलाई ‘द सोल्टी होटेल्स् एन्ड रिसोर्टमा २० प्रतिशत सम्मको छुट पाउने भएका छन् ।

सिद्धार्थ बैंक र द सोल्टी होटेल्स् एन्ड रिसोर्ट बिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार द सोल्टी काठमाडौं, सोल्टी वेस्टइन्ड प्रिमिएर नेपालगन्ज, सोल्टी वेस्टइन्ड इटहरि, सोल्टी वेस्टइन्ड रिसोर्ट चित्तवन , सोल्टी वेस्टइन्ड रिसोर्ट नगरकोट, सोल्टी वेस्टइन्ड लेकसाईड पोखरा , टाईगर प्यालेस बाइ सोल्टी भैरहवा , मिथिला यात्री निवास जनकपुर, अन्तर्राष्ट्रिय विमानस्थल स्थित होराईजन लाउन्ज र आन्तरिक विमानस्थल स्थित होराइजन क्याफेमा बैंकका ग्राहकहरूले बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १०% अथवा प्लेटिनम क्रेडिट कार्ड वा नारी डेबिट कार्ड प्रयोग गरीे भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाकारी दियो ।

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक  सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत  सम्पर्क गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij