काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका नेतत्व लिनका लागि पदाधिकारीसहित १९ जनाको प्यानल प्रस्ताव गरेका छन्। काठमाडौंमा जारी महाधिवेशनमा ओलीले नेतृत्वमा रहने गरी विभिन्न पदका लागि उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको हो।
प्रस्तावित सूचीअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली एक्लै छन्। उपाध्यक्ष पदका लागि रामबहादुर थापा, विष्णु प्रसाद पौडेल, गुरुप्रसाद बराल, प्रदीपकुमार ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ प्रस्तावित भएका छन्।
महासचिव पदमा शंकर पोखरेललाई अघि सारिएको छ। उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र विष्णु रिमाल प्रस्तावित छन्।
त्यस्तै सचिव पदका लागि ९ जनाको नाम समावेश गरिएको छ। सचिव पदका प्रस्तावित उम्मेदवारहरूमा सचिवमा शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र भानुभक्त ढकाल रहेका छन् ।
ओली समूहले सार्वजनिक गरेको यस प्यानललाई महाधिवेशनको निर्णायक सूचीका रूपमा हेरिएको छ। अब महाधिवेशन प्रतिनिधिहरूले मतदानमार्फत नयाँ नेतृत्व चयन गर्नेछन्। ओली समूहमा रहेका लेखराज भट्ट र भानुभक्त ढकालको पद हेरफेर गरेको छ ।
