२०८३ साउन १० आइतबार

कालिका नगरपालिकाको चक्रपथ : गैरीबारी, चापागौँडीदेखि शेरबास सडक शिलान्यास

ई आर्थिक    सोमबार, मंसिर २९ २०८२
3.4K
Shares
कालिका नगरपालिकाको चक्रपथ : गैरीबारी, चापागौँडीदेखि शेरबास सडक शिलान्यास

चितवन।  चितवनको कालिका नगरपालिकाको चक्रपथ (रिङ रोड) भएको गैरीबारी, चापागौँडीदेखि शेरबास जाने सडक शिलान्यास गरिएको छ।

कालोपत्रे सडक र पक्की नालाको कालिका वडा नं. ८ गैरीबारीमा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आइतबार शिलान्यास गरे।

प्रमुख रेग्मीले कालिका नगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त लगानीमा एक हजार ६ सय ५० मिटर कालोपत्रे सडक र दुई हजार ६ सय ५० मिटर पक्की नाला निर्माणको शुभारम्भ आइतबार गरेका हुन्।

नगर प्रमुख रेग्मीले विकास निर्माणमा सबैलाई सघाउन आग्रह गरे। यो सडक निर्माणले वैकल्पिक सडकमार्ग, पर्यापर्यटन कृषि उपज, बाटोको जनघनत्व एवं न्यूनीकरण कम गर्न, रणनीतिक हिसाबले कालिका नगरपालिकाको आर्थिक रूपमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

सडक तथा नाला निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दालाई सहज हुने अपेक्षा व्यक्त गर्दै नगरका अन्य क्षेत्रमा बन्न नसकेका बाटाघाटो विस्तारै बन्दै जाने उनको भनाइ छ। नगरपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर किशोर खतिवडाका अनुसार सो सडकका लागि पालिकाको एक करोड ८० लाख रुपैयाँ र प्रदेश सरकारको एक करोड २० लाख रुपैयाँ गरी तीन करोड रुपैयाँको बजेटमा जीएराम माता कंकालीनी जेभीले दुई करोड तीन लाख ९० हजार रुपैयाँमा ठेक्का सकारेको हो।

२०८२ मंसिर २५ गते ठेक्का सम्झौता भई २०८३ जेठ ३१ गते सम्पन्न गर्ने गरी काम अघि बढाइएको हो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij