२०८३ साउन ११ सोमबार

काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० देखि १५ प्रतिशतसम्म बढ्ने अनुमान

ई आर्थिक    आइतबार, मंसिर २१ २०८२
3.2K
Shares
काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० देखि १५ प्रतिशतसम्म बढ्ने अनुमान

काभ्रेपलाञ्चोक। जिल्लामा यस वर्ष सुन्तला उत्पादन १० देखि १५ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ। गत वर्ष बाढीपहिरोका कारण उत्पादन करिब सात प्रतिशत घटेको भए पनि यस वर्षको अवस्थाले सुधार देखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख कुलप्रसाद दवाडीका अनुसार हाल विभिन्न पकेट क्षेत्रका बगैँचामा उत्पादन लागत संकलन भइरहेको छ। बेथानचोकसहितका क्षेत्रमा पुराना बोटका कारण केही प्रभाव परे पनि समग्रमा उत्पादन बढ्ने अपेक्षा गरिएको छ।

गत वर्ष जिल्लामा अनुमानित ७,५०० मेट्रिकटनमध्ये बाढीपहिरोका कारण ५०० मेट्रिकटन कम उत्पादन भएको थियो। यस वर्ष भने करिब ८,००० मेट्रिकटन सुन्तला उत्पादन हुने प्रक्षेपण गरिएको छ।

अघिल्ला वर्षमा रोगकिराका कारण झण्डै दुई प्रतिशतका दरले घट्दै आएको उत्पादन सुधारका लागि सञ्चालन गरिएको सुन्तला सुधार कार्यक्रम प्रभावकारी भएको कार्यालयले जनाएको छ। किसान जागरण अभियान, किटनाशक तथा आवश्यक पोषण वितरण, पुराना बोटको उपचारलगायतका कार्यक्रमले यस वर्ष उत्पादन वृद्धि हुने विश्वास गरिएको छ।

काभ्रेपलाञ्चोकका पनौती, धुलिखेल, नमोबुद्ध र बेथानचोक क्षेत्रमा मुख्य रूपमा सुन्तलाखेती हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij