२०८३ भाद्र ३० मंगलबार

नबिल बैंकले गत वर्षको मुनाफाबाट १२.५० प्रतिशत नगद लाभांश दिने

ई आर्थिक    आइतबार, मंसिर २१ २०८२
2.2K
Shares
नबिल बैंकले गत वर्षको मुनाफाबाट १२.५० प्रतिशत नगद लाभांश दिने

काठमाडौं। नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बैंकले प्रस्तुत गरेको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आउने वार्षिक साधारण सभाबाट पारित भएपछि लागू हुनेछ।

बैंकका सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिने जनाएको छ। हाल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रहेको छ। यस आधारमा बैंकले यस वर्ष शेयरधनीलाई ३ अर्ब ४३ करोड रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

नबिल बैंकले हाल देशभरका २६८ शाखा र ३२१ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। चार दशकदेखि बैंकले आधुनिक तथा नवीनतम सेवा प्रवाह गर्दै नेपाली बैंकिङ विकासमा महत्वपूर्ण योगदान दिंदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij