२०८३ साउन ११ सोमबार

डिजिटल कारोबारलाई सहज बनाउँदै सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’

ई आर्थिक    आइतबार, मंसिर २१ २०८२
2.8K
Shares
डिजिटल कारोबारलाई सहज बनाउँदै सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’

 काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले आफ्ना विद्युतीय सेवाहरूलाई थप सुदृढ र पहुँचयोग्य बनाउन फोनपेसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। उक्त कार्डको सार्वजनिकिकरण सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (NPL) को दोस्रो संस्करणको अवसरमा आयोजित अन–ग्राउन्ड कार्यक्रममा गरिएको हो।

यस भर्चुअल कार्डमार्फत ग्राहकहरूले भौतिक कार्ड बिना नै १८ लाखभन्दा बढी फोनपे नेटवर्कका व्यापारीहरूमा छिटो, सुरक्षित तथा सम्पर्करहित भुक्तानी गर्न सक्नेछन्। डिजिटल रूपमा सक्रिय ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएको यस कार्डले तुरुन्त सक्रियता, तत्काल नियन्त्रण र उच्च सुरक्षा प्रदान गर्दछ।

ग्राहकहरूले मोबाइल बैंकिङ एप मार्फत तुरुन्तै आवेदन दिन, कार्ड प्राप्त गर्न तथा सक्रिय गर्न सकिनेछ। साथै एप मार्फत सीमा व्यवस्थापन, कार्ड लक/अनलक, स्टेटमेन्ट हेर्ने, भुक्तानी गर्ने तथा अन्य व्यवस्थापन सेवाहरू सजिलै गर्न सकिने बैंकले जनाएको छ।

सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्डको विशेष लन्च अफर अन्तर्गत ग्राहकहरूले यस कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ५०% क्यासब्याक प्राप्त गर्नेछन्। यो क्यासब्याक अधिकतम रु. ७५० सम्म हुनेछ, जसले सदस्यता शुल्कसमेत समायोजन गर्ने बैंकले जनाएको छ।
यो अफर ७ डिसेम्बर २०२५ देखि ७ जनवरी ২০২६ सम्म सीमित अवधिका लागि मात्र मान्य रहनेछ।

यस सेवासम्बन्धी थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा उल्लेखित माध्यमहरूमार्फत सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij