२०८३ साउन १० आइतबार

राष्ट्र बैंकमा रोजगारीको अवसर, ७६ पदका लागि दरखास्त खुला

ई आर्थिक    शुक्रबार, मंसिर १९ २०८२
2.8K
Shares
राष्ट्र बैंकमा रोजगारीको अवसर, ७६ पदका लागि दरखास्त खुला

ई-आर्थिक, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि ७६ जनासम्म कर्मचारी भर्ना प्रक्रिया शुरू गरेको छ।

मानव संसाधन व्यवस्थापन विभागका अनुसार अधिकृत तृतीय तहमा अर्थशास्त्र र व्यवस्थापनतर्फ १/१ गरी २ जना, सहायक निर्देशक ३९ जना, लेखा–लेखापरीक्षण १० जना, वाणिज्य–कानुन ४ जना तथा सहायक द्वितीय २१ जना गरी जम्मा ७६ जना जनशक्ति मागिएको छ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर पुस १७ गतेसम्म समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij