२०८३ साउन १२ मंगलबार

सिड्नीमा सात अर्ब डलरको एआई केन्द्र बन्दै

ई आर्थिक    शुक्रबार, मंसिर १९ २०८२
2.1K
Shares
सिड्नीमा सात अर्ब डलरको एआई केन्द्र बन्दै

काठमाडौं । च्याटजिपीटी बनाउने ओपनएआई र अस्ट्रेलियाली डाटा सेन्टर कम्पनी नेक्स्टडीसीले सिड्नीमा अर्बौं डलरको कृत्रिम बुद्धिमत्ता केन्द्र बनाउने सम्झौता गरेका छन्।

नेक्स्टडीसीले जारी गरेको विज्ञप्तीअनुसार दुवै कम्पनीले पश्चिमी सिड्नीमा अत्याधुनिक एआई क्याम्पस र जिपियु सुपरक्लस्टर बनाउन समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। यो खबर सार्वजनिक हुनासाथ नेक्स्टडीसीको सेयर मूल्य ४.१ प्रतिशतले उक्लिएको छ।

यो परियोजना करिब सात अर्ब अस्ट्रेलियन डलर (झन्डै ४.६० अर्ब अमेरिकी डलर) को हुने अनुमान छ। सरकारका अनुसार यसले हजारौं प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ र पूरै केन्द्र नवीकरणीय ऊर्जाबाट चल्नेछ। सबैभन्दा रोचक कुरा – यो केन्द्र पिउने पानीको एक थोपा पनि प्रयोग नगरी चिसो बनाइनेछ।

अर्थमन्त्री जिम चाल्मर्सले भने, ‘यो साझेदारीले गुणस्तरीय रोजगारी सिर्जना गर्नेछ, सीप बढाउनेछ र पूरै अर्थतन्त्रमा एआईको प्रयोग फैलाउनेछ।’ उनले थपे, अस्ट्रेलिया प्रतिभा, स्वच्छ ऊर्जा र सहयोगी नीतिका कारण एआई दौडमा ‘ठूला विजेतामध्ये एक’ बन्न सक्नेछ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij