२०८३ साउन १० आइतबार

भक्तपुर हेलिप्याड प्रकरणमा क्यानका महानिर्देशक सहित सात जनाविरुद्ध मुद्दा दायर

ई आर्थिक    बुधबार, मंसिर १७ २०८२
2.6K
Shares
भक्तपुर हेलिप्याड प्रकरणमा क्यानका महानिर्देशक सहित सात जनाविरुद्ध मुद्दा दायर

ई-आर्थिक, काठमाडौं । भक्तपुर हेलिप्याड प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सहित सात जनाविरुद्ध मुद्दा दायर भएको छ ।

भक्तपुरको नलिन्चोकस्थित हेलिप्याड निर्माणमा करिब १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बिगो देखिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरण (CAAN) का महानिर्देशक प्रदीप अधिकारीलाई पक्राउ गरी विशेष अदालतमा उपस्थित गराएको हो ।

उक्त प्रकरणमा महानिर्देशक अधिकारी, निर्देशक पदमा कार्यरत मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, विजय थापा गुरुदत्त अधिकारी, र एक इन्जिनियरिङ कम्पनी  संलग्नतादेखिए संगै विशेष अदालतमा  मुद्दा दायर गरेको अख्तियारले जानकारी दियो ।

आयोगले मुद्दा दायर गरेको अनुसन्धान प्रतिवेदनअनुसार, प्राधिकरणको स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा नियमविपरीत, आवश्यक प्रक्रिया र वातावरणीय प्रभाव मूल्यांकन (EIA) बिना नै हेलिप्याड निर्माण अघि बढाइएको थियो। सोही उजुरीका आधारमा सुरु गरिएको छानबिनले प्रक्रियागत अनियमिततादेखि लागत हेरफेरसम्मका गम्भीर अनियमितता भएको ठहर गर्दै अधिकारीसहित कुल सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

मुद्दामा महानिर्देशक अधिकारीसँगै प्राधिकरणका निर्देशक मुरारी भण्डारी तथा निर्माण कार्यमा संलग्न ठेकेदार कम्पनीका प्रतिनिधिसमेत अन्य पाँच जना प्रतिवादी रहेका छन्।

नलिन्चोकमा निर्माण गरिएको सो हेलिप्याडको उद्घाटन २०७८ असार ७ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ र महानिर्देशक अधिकारीले संयुक्त रूपमा गरेका थिए।

यसअघि अधिकारीसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी अनियमितता र सम्भावित भ्रष्टाचारबारे पनि आयोगले बयान लिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij