२०८३ साउन ९ शनिबार

एन आई सी एशिया बैंकका ग्राहकले काठमाडौंको दृष्टि आई केयरमा सेवा लिँदा २० प्रतिशतसम्म छुट पाउने

ई आर्थिक    मंगलबार, मंसिर १६ २०८२
2.2K
Shares
एन आई सी एशिया बैंकका ग्राहकले काठमाडौंको दृष्टि आई केयरमा सेवा लिँदा २० प्रतिशतसम्म छुट पाउने

काठमाडौँ ।  एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूले दृष्टि आई केयर सिष्टममा सेवा लिँदा विशेष छुट सुविधा प्राप्त गर्न सक्ने सम्झौता अस्पताल र बैंकबीच सम्पन्न भएको छ।

सम्झौतापछि बैंकका ग्राहकहरूले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरू उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

यस अस्पतालमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा छुट सुविधा प्राप्त हुनेछ। ENT र सामान्य सेवा अन्तर्गत OPD मा २० प्रतिशत र जाँच (Investigation) मा १० प्रतिशत छुट उपलब्ध हुनेछ। साथै, आँखा उपचार गर्दा OPD General मा २० प्रतिशत, अपरेशन चार्ज, सर्जरी प्याकेज तथा जाँचमा ५ प्रतिशत, ल्याबोरेटरीमा १० प्रतिशत र अप्टिकल उत्पादनमा ७.५ प्रतिशत छुट उपलब्ध हुनेछ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्नेछ।

बैंकका अनुसार उक्त अस्पतालसँगको सहकार्यले ग्राहक महानुभावलाई स्वास्थ्य उपचारमा सहयोग पुग्ने साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्दै नगदरहित कारोबारमा योगदान पुग्ने विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij