२०८३ भाद्र ३० मंगलबार

प्रभु बैंकको कार्यवाहक सीईओमा निरज लम्साल नियुक्त

ई आर्थिक    सोमबार, मंसिर १५ २०८२
2.5K
Shares
प्रभु बैंकको कार्यवाहक सीईओमा निरज लम्साल नियुक्त

काठमाडौं । प्रभु बैंकले कार्यवाहक सीईओमा वरिष्ठतम कर्मचारी निरज लम्साललाई नियुक्त गरेको छ ।

 प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) सहित तीन जना कर्मचारीहरु हाल अनुसन्धान प्रक्रियामा रहेको रहेकाले बैंकले कार्यवाहक सिईओ तोकेको जनाएको छ ।

उक्त परिस्थितिमा बैंकको दैनिक कार्य सञ्चालन प्रभावकारी रूपमा अघि बढाउनका लागि बैंकको सञ्चालक समितिले वरिष्ठतम कर्मचारी निरज लम्साललाई आज मंसिर १४ गतेदेखि लागू हुने गरी कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको जनाएको छ।

बैंकका सबै प्रकारका सेवा तथा कारोबारहरू सम्पूर्ण शाखा सञ्जालमार्फत निरन्तर र निर्बाध रूपमा सञ्चालन हुने व्यवस्था मिलाइएका बैंकले जानकारी दिएको छ।

यसबाहेक, अनुसन्धान प्रक्रियाले बैंकको दैनिक सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता, शेयरधनी तथा ग्राहकको हितमा कुनै नकारात्मक प्रभाव नपर्ने बैंकले स्पष्ट पारेको छ। बैंकले सेवाग्राही तथा हितधारकहरूलाई संगठनप्रति निरन्तर सहयोग, सद्भाव र विश्वास रहेकोमा आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि त्यस्तै सहयोग रहने विश्वास व्यक्त गरेको छ।

प्रभु बैंकका सूचना अधिकारी रविन्द्र ढकालद्वारा जारी उक्त विज्ञप्ति अनुसार बैंक पूर्ण रूपमा सुरक्षित, दायित्वबद्ध तथा नियमित रूपमा सञ्चालनमा रहेको भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij