२०८३ साउन १२ मंगलबार

कुमारी बैंकका ग्राहकले वेल केयर क्लिनिकमा छुट पाउने

ई आर्थिक    आइतबार, मंसिर १४ २०८२
1.1K
Shares
कुमारी बैंकका ग्राहकले वेल केयर क्लिनिकमा छुट पाउने

काठमाडौं ।  कुमारी बैंक र आरोग्य वेल केयर क्लिनिक बिच बैंकका ग्राहक महानुभावहरुलाई क्लिनिक बाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौता बमोजिम आरोग्य वेल केयर क्लिनिकबाट प्रदान गरिदै आएको सेवाहरुमा बैंकका ग्राहकहरूलाई इलेक्ट्रोकार्डियोग्राम (ईसीजी)मा १००% छुट, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन–ए.बि.पि.यम, २४ घण्टा होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी र अल्ट्रासाउन्ड सोनोग्राफीमा ५०% छुट साथै डाक्टरको परामर्श शुल्कमा ३०% र प्रयोगशाला परीक्षणमा २५% सम्मको छुट दिने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

विगत २४ वर्षदेखि नेपाली बैंकिङ्ग क्षेत्रलाई निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij