२०८३ साउन ११ सोमबार

भारतीय सिनेमाका ‘ही–म्यान’ धर्मेन्द्रको ८९ वर्षमा निधन

ई आर्थिक    सोमबार, मंसिर ८ २०८२
1.8K
Shares
भारतीय सिनेमाका ‘ही–म्यान’ धर्मेन्द्रको ८९ वर्षमा निधन

काठमाडौं ।  भारतीय हिन्दी फिल्म उद्योगका चर्चित अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ। छ दशकभन्दा लामो अभिनय यात्रामा उनी भारतीय सिनेमाका सबैभन्दा लोकप्रिय तथा करिश्माई कलाकारमध्ये एक मानिन्थे।

धर्मेन्द्र केही दिनअघि श्वास–प्रश्वाससम्बन्धी समस्याका कारण मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा सुधार आएपछि उनी घर फर्किए पनि पुनः स्वास्थ्य जटिलताका कारण निधन भएको बताइएको छ।

फिल्ममा मुख्यतः एक्शन–हीरोको रूपमा चिनिए पनि धर्मेन्द्र बहुमुखी कलाकार थिए। अनुपमा’ मा संवेदनशील लेखक, ‘सत्य काम’ मा आदर्शवादी युवा र ‘चुपके–चुपके’ मा हास्य भूमिकामा देखिएका उनले अभिनयको विविध आयाम प्रदर्शन गरेका थिए।

आकर्षक व्यक्तित्वका कारण आफ्नो समयका सबैभन्दा ह्यान्डसम अभिनेतामध्ये एक मानिने धर्मेन्द्रलाई भारत–पाकिस्तान दुवै देशमा ठूलो प्रशंसक वर्ग रहेको थियो।

उनको निधनले भारतीय फिल्म क्षेत्रमा मात्र होइन, हिन्दी सिनेमालाई मन पराउने विश्वभरका दर्शकहरूलाई समेत स्तब्ध बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij