२०८३ साउन १२ मंगलबार

वीरेन्द्रनगर साकोसको वार्षिक कर्मचारी सम्मेलन सम्पन्न, वित्तीय सेवा सुदृढीकृत गर्ने प्रतिवद्धता

ई आर्थिक    सोमबार, मंसिर ८ २०८२
6.6K
Shares
वीरेन्द्रनगर साकोसको वार्षिक कर्मचारी सम्मेलन सम्पन्न, वित्तीय सेवा सुदृढीकृत गर्ने प्रतिवद्धता

ई-आर्थिक, काठमाडौं । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि., वीरेन्द्रनगर–६ सुर्खेतले आफ्ना कर्मचारीहरूको क्षमता विकास, अनुभव आदान–प्रदान तथा संस्थागत सुदृढीकरणका उद्देश्यसहित ‘तेस्रो कर्मचारी शिखर सम्मेलन–२०८२ (Birendranagar SACCOS 3rd Staff Summit–2025) सम्पन्न गरेको छ। दुईदिने सम्मेलन मंसिर ५ र ६ गते सञ्चालन गरिएको थियो।

कार्यक्रममा संस्थाका १३ वटै सेवाकेन्द्रबाट ८० जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको संस्थाले जनाएको छ। हाल सहकारीमा ८१ जना कर्मचारी कार्यरत छन्। कार्यक्रमको अध्यक्षता प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले गरेका थिए भने संस्थाका अध्यक्ष बमबहादुर बी.सी. प्रमुख अतिथिको रूपमा उपस्थित थियो। साथै, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा पदाधिकारीहरूको पनि विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा अध्यक्ष बी.सी.ले संस्थाले विगतमा गरेको कार्य, प्राप्त सफलताहरू तथा अवरोध–चुनौतीका विषयमा समग्र समीक्षा हुँदै आगामी दिनमा अझ बलियो, भरपर्दो र विश्वासिलो संस्था निर्माणमा समर्पित भई काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए। सम्मेलनले कर्मचारीहरूको ज्ञान, सीप, क्षमता तथा कार्यउत्साहमा उल्लेखनीय वृद्धि भएको प्रमुख कार्यकारी अधिकृत थापाले बताए।

दुईदिने तालिम तथा छलफल सत्रको सहजीकरण सहकारी प्रशिक्षक कुबेर निरौलाले गर्नुभएको थियो। कार्यक्रमको संचालन कार्यालय व्यवस्थापक प्रकाश शर्माले तथा अन्य पक्षहरूको व्यवस्थापन कार्यालय व्यवस्थापक योगेन्द्र भण्डारीले गरेका थिए।

वीरेन्द्रनगर सहकारीले सुर्खेत जिल्लाभर आफ्नो सेवा विस्तार गर्दै आएको छ। करिब २३ हजार ६ सय ८९ जना शेयर सदस्य, करिब १ अर्ब ४९ करोड रुपैयाँबराबरको कुल पूँजी, दायित्व तथा सम्पत्ति सहित, सहकारीले विगत २५ वर्षदेखि वित्तीय तथा गैरवित्तीय सेवा निरन्तर प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij