२०८३ साउन १० आइतबार

अमेरिकी भिसा नपाएपछि ३८ वर्षीया महिला डाक्टरले देहत्याग गरिन्

ई आर्थिक    सोमबार, मंसिर ८ २०८२
3.6K
Shares
अमेरिकी भिसा नपाएपछि ३८ वर्षीया महिला डाक्टरले देहत्याग गरिन्

काठमाडौं : भारत, आन्ध्र प्रदेशको गुन्टुरकी ३८ वर्षीया डाक्टर रोहिणीले अमेरिकी भिसा अस्वीकृत भएपछि हैदराबादको आफ्नै फ्ल्याटमा आत्महत्या गरेकी छिन्।

शनिबार ढोका नखोलेपछि घरेलु कामदारले परिवारलाई खबर गरेकी थिइन्। परिवारले ढोका फोड्दा रोहिणी मृत अवस्थामा भेटिएकी हुन्।

एनडिटिभीका अनुसार घरबाट एउटा सुसाइड नोट बरामद भएको छ, जसमा उनले डिप्रेसन र भिसा नपाएको पीडाबारे लेखेकी छन्। प्रहरीका अनुसार उनले अत्यधिक निद्राको चक्की खाएको वा आफैँ सुई लगाएको हुन सक्ने आकंलन गरिएको छ।

शव पोस्टमार्टमपछि परिवारका सदस्यलाई बुझाइएको छ।

उनकी आमा लक्ष्मीले भनिन्, ‘उनी एक प्रतिभाशाली विद्यार्थी थिइन्। सन् २००५ देखि २०१० को बिचमा किर्गिस्तानमा एमबीबीएस पूरा गरेकी थिइन्। उनको शैक्षिक रेकर्ड उत्कृष्ट थियो र उनको भविष्यको लागि ठुला सपनाहरू थिए।’

लक्ष्मीका अनुसार रोहिणीले अमेरिकामा बिरामी संख्या कम र आम्दानी राम्रो हुने भएकाले त्यतै जाने सोच बनाएकी थिइन्। भिसा नपाएपछि पछिल्ला हप्ताहरूमा उनी निकै निराश र एक्लो महसुस गरिरहेकी थिइन्।

अविवाहित रोहिणी पूरै करियरमा केन्द्रित थिइन्। चिल्कलगुडा प्रहरीले मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान थालेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij