२०८३ साउन १० आइतबार

सामसङ नेपालद्वारा ‘वर्म विन्टर अफर’ सार्वजनिक: वाशिङ मेसिन र फ्रिजमा आकर्षक छुट

ई आर्थिक    आइतबार, मंसिर ७ २०८२
2.4K
Shares
सामसङ नेपालद्वारा ‘वर्म विन्टर अफर’ सार्वजनिक: वाशिङ मेसिन र फ्रिजमा आकर्षक छुट

काठमाडौं।  सामसङ नेपालले यस जाडो महिनालाई झन् सहज र आरामदायी बनाउन  वर्म विन्टर अफर “Warm Winter Offer” सार्वजनिक गरेको छ। यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ पसलहरूमा लागू हुनेछ। अफरअन्तर्गत वाशिङ मेसिन र फ्रिजका विभिन्न मोडेलहरूमा आकर्षक छुट, नगद फिर्ता तथा सरल किस्ता सुविधा उपलब्ध हुनेछ।

ग्राहकहरूले ७ केजीदेखि १२ केजीसम्मका AI Ecobubble वाशर ड्रायर, फ्रन्ट लोड, FATL र SATL वाशिङ मेसिनहरूमा अधिकतम २३% नगद फिर्ता पाउन सक्छन्। त्यस्तै, सिङ्गल–डोर, डबल–डोर र साइड–बाई–साइड सामसङ फ्रिजहरूमा अधिकतम १७% नगद फिर्ता उपलब्ध छ।

सामसङका वाशिङ मेसिन र फ्रिजमा DIT मोटरमा २० वर्षको वारेन्टी दिइएको छ, जसले दीर्घायु सुनिश्चित गर्छ। साथै, सबै मोडेलमा निःशुल्क स्थापनाको सुविधा पनि उपलब्ध छ।

वाशिङ मेसिन अफर:
वर्ग क्षमता नगद फिर्ता (अधिकतम)
सेमी–अटोमेटिक टप–लोड ७ केजी १२%
फुली अटोमेटिक टप–लोड ८ केजी १२%
AI Ecobubble फ्रन्ट–लोड ९–१२ केजी २०%
AI Ecobubble वाशर–ड्रायर ९–११ केजी २३%
फ्रिज अफर:
वर्ग क्षमता नगद फिर्ता (अधिकतम)
साइड–बाई–साइड ७०० लि ११%
५ इन १ ३५०–४१९ लि १५%
डबल–डोर २५३–२७५ लि १७%
सिङ्गल–डोर १९२–२३० लि १७%

साथै, सामसङले इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत संचालित, मार्फत ग्राहकहरूले ०% ब्याजदरमा सहज किस्ता विकल्पमा सामसङ होम उपकरणहरू प्राप्त गर्न सक्नेछन्। प्रक्रिया झन्झटमुक्त छ र केवल नागरिकता प्रमाणपत्र आवश्यक छ।

त्यस्तै, नयाँ सामसङ टिभी वा होम उपकरणमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर वा नेपालभरका अधिकृत सामसङ स्टोरमार्फत आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij