२०८३ साउन १२ मंगलबार

गरिमा विकास बैंकको १९औँ वार्षिकोत्सवकोमा रक्तदानदेखि रोड रेससम्मका कार्यक्रम आयोजना

ई आर्थिक    आइतबार, मंसिर ७ २०८२
2.5K
Shares
गरिमा विकास बैंकको १९औँ वार्षिकोत्सवकोमा रक्तदानदेखि रोड रेससम्मका कार्यक्रम आयोजना

देशका ८ स्थानमा रक्तदान, १९ स्थानमा सामाजिक कार्यक्रम 

ई- आर्थिक, काठमाडौं ।  गरिमा विकास बैंकको १९औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रमसहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गर्दै आएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा आज मिति २०८२ मंसिर ७ गते देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान कार्यक्रम र १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको हो।

विकास बैंकले सुनसरीको इटहरी, पर्साको वीरगञ्ज, चितवनको नारायणगढ, काठमाडौंको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रमबाट कुल ६०२ युनिट रगत संकलन भएको छ।

सोही अवसरमा विकास बैंकले देशका विभिन्न १६ स्थानका विद्यालयहरूमा शैक्षिक सामाग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिन लगायतका सामग्री वितरण गरेको छ। साथै, श्री निस्कोट स्वास्थ्य चौकी, म्याग्दीलाई सरसफाई सामाग्री, मातातिर्थ वृद्धाश्रम समिति, चन्द्रागिरी, काठमाडौंलाई खाद्यान्न सामाग्री, र सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरी १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरिएको छ।

त्यसैगरी, “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नाराका साथ विकास बैंकले हिजो मिति २०८२ मंसिर ६ गते न्बचष्mब च्यबम च्बअभ अन्तर्गतको दोस्रो संस्करण Garima Road Race–२०८२ पनि सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त दौडमा १,००० भन्दा बढी धावकहरूको सहभागिता रहेको थियो।

विकास बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरुलाई आगामी दिनमा पनि प्राथमिकतामा राख्दै निरन्तरता दिने तथा च्यबम च्बअभ प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको जनाएको छ।

यस गरिमामय यात्रामा निरन्तर साथ दिनुहुने हाम्रा सेवाग्राही, शेयरधनी महानुभाव, नियमनकारी निकाय, सञ्चारकर्मी, कर्मचारी तथा शुभेच्छुकहरू प्रति बैंकले हार्दिक कृतज्ञता प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij