काठमाडौं। अर्थ मन्त्रालयले आफ्ना २० वटा चारपाङ्ग्रे सवारी साधनलाई पूर्ण बीमा गरेको छ। मन्त्रालयले नेपाल बीमा कम्पनीमार्फत यो बीमा प्रक्रिया सम्पन्न गरेको हो।
५ असोज २०८२ मा बसेको मन्त्रिपरिषद् बैठकले ठूलो संख्यामा सरकारी सवारी साधन नष्ट भएपछि सरकारी सवारी साधनको प्याकेज बीमा गर्ने निर्णय गरेको थियो।
बीमाले आगामी दिनमा आगलागी वा दुर्घटना जस्ता क्षतिको अवस्था आएमा दाबी रकमबाट सवारी साधन पुन: खरिद गर्न सकिने मन्त्रालयले जनाएको छ।
यसबाट सरकारी कोषको खर्चमा कमी आउने, प्राथमिकताका क्षेत्रमा स्रोत व्यवस्थापन सहज हुने र सार्वजनिक वित्त व्यवस्थापन प्रभावकारी हुने अपेक्षा गरिएको छ।