२०८३ साउन १० आइतबार

शून्य प्रिमियमसहित ‘एनआईसी एशिया शेयर लोन’ योजना सार्वजनिक

ई आर्थिक    बिहिबार, मंसिर ४ २०८२
2K
Shares
शून्य प्रिमियमसहित ‘एनआईसी एशिया शेयर लोन’ योजना सार्वजनिक

ई- आर्थिक, काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ ग्राहकमैत्री कर्जा सेवा प्रदान गर्दै आएको एनआईसी एशिया बैंकले शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा शेयर धितो कर्जा योजना ‘NIC ASIA Share Loan’ सार्वजनिक गरेको छ।

गतिशील, सबल र उत्तरदायी बैंकिङ सेवामार्फत ग्राहक आवश्यकतामुखी कर्जा सुविधा विस्तार गर्ने क्रममा बैंकले शेयर बजारलाई लक्षित गर्दै यो योजना ल्याएको हो। अर्थतन्त्रको महत्वपूर्ण खम्बा मानिने शेयर बजारमा लगानीकर्ताको आवश्यकता र समयको मागलाई मध्यनजर गर्दै बैंकले यस कर्जा योजना अघि सारेको जानकारी दिएको छ।

नयाँ योजनाअनुसार व्यक्तिगत लगानीकर्ताले अधिकतम रू. २५ करोड र संस्थागत लगानीकर्ताले अधिकतम रू. ५० करोडसम्म शेयर धितो राखेर कर्जा प्राप्त गर्न सक्नेछन्।

प्रतिस्पर्धी ब्याजदर, छिटो तथा पारदर्शी सेवा, लचिलो भुक्तानी व्यवस्था जस्ता सुविधासहित यस कर्जाले ग्राहकलाई अझ सहज र दिगो कर्जा पहुँच उपलब्ध गराउने बैंकको दाबी छ। साथै, कर्जा सम्बन्धी सल्लाह, सुझाव, गुनासो तथा जिज्ञासाको समाधानलाई अझ प्रभावकारी बनाउन बैंकले एकद्वार प्रणालीअनुसार ‘कर्जा सहायता केन्द्र’ पनि स्थापना गरेको छ।

उक्त जानकारी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले प्रदान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij