२०८३ साउन ११ सोमबार

सतर्कता केन्द्रलाई थप सक्रिय बनाउन प्रधानमन्त्री कार्कीद्वारा चारबुँदे निर्देशन

ई आर्थिक    मंगलबार, मंसिर २ २०८२
3.5K
Shares
सतर्कता केन्द्रलाई थप सक्रिय बनाउन प्रधानमन्त्री कार्कीद्वारा चारबुँदे निर्देशन

ई-आर्थिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सुशासन प्रवर्द्धन गर्ने उद्देश्यसहित राष्ट्रिय सतर्कता केन्द्रलाई थप सक्रिय र प्रभावकारी बनाउने विषयमा छलफल गरेकी छन्। भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने जनस्तरको माग बढिरहेको बेला केन्द्रको भूमिकालाई अझ सबल बनाउन प्रधानमन्त्री सक्रिय देखिएकी हुन्।

प्रधानमन्त्री कार्कीले केन्द्रलाई समग्र सुधारका लागि चार बुँदे स्पष्ट निर्देशन दिएकी छन्। उनका अनुसार सार्वजनिक निकायमा ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरीलाई छिटो, ठोस र प्रभावकारी रूपमा सम्बोधन गर्न केन्द्रले निर्णायक भूमिका खेल्नुपर्नेछ। सेवा प्रवाहलाई सहज र चुस्त बनाउने उद्देश्यले नियमन तथा अनुगमनलाई पनि केन्द्रले निरन्तर बलियो बनाउँदै लैजानुपर्ने बताइएको छ।

विकास निर्माणका काममा गुणस्तर, समयसीमा र लागतको पालना सुनिश्चित गर्ने विषयमा पनि केन्द्रको ध्यान पुग्न नसकेको उल्लेख गर्दै उनले आवश्यक मानव संसाधन तथा वित्तीय संरचना सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याइन्। नागरिकले प्रत्यक्ष रूपमा अनुभूत गर्न सक्ने गरी संस्थाको उपस्थिति र प्रभावकारिता बढाउन प्रधानमन्त्रीले जोड दिएकी छन्।

प्रधानमन्त्री कार्यालयले दिएको जानकारीका अनुसार, प्रधानमन्त्रीको यो निर्देशनले सतर्कता केन्द्रको काम कारबाहीमा गति थप्ने र भ्रष्टाचार नियन्त्रणदेखि सार्वजनिक सेवा सुधारसम्मका क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij